मेन्टर्स डिजिटल प्लेटफर्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्जिनियरिङ् प्रवेश परीक्षाको गुणस्तरिय तयारी गराउने पिइए एशोसिएसन प्रा. लि. ले बिद्यार्थीहरुको सिकाईमा सहजता र प्रभावकारिता ल्याउन यस वर्षदेखि “पिइए मेन्टर्स डिजिटल प्लेटफर्म” मार्फत इन्जिनियरिङ् प्रवेश परीक्षाको पूर्ण तयारी कोर्स उपलब्ध गराउने भएको छ।

सोही विषयमा जानकारी गराउन पिइए एशोसिएसनले यसै सता मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ।

सम्मेलनमा पिइएका प्रतिनिधित्व गर्दै संस्थापक एवं सिइअाे लक्ष्मण पोखरेल र प्रिन्सिपल कुमार गिरि; त्यसै गरी प्रमुख अतिथिको रूपमा हिसानका अध्यक्ष रमेश कुमार सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, शिक्षक महासँगकी अध्यक्ष कमला तुलाधर, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी तथा एन प्याब्सनका सह-अध्यक्ष सुभाष न्यौपानेको उपस्थित रहेको थियो।

प्रेस विज्ञप्तिमा उल्लेख कुरालाई पत्रकार माझ पढेर सुनाउँदै संस्थापक एवं सिइअाे लक्ष्मण पोखरेलले डिजिटल प्लेटर्फम र छात्रवृत्ति योजना बारे जानकरी गराउनु भएको थियो भने यस कोर्षले दूर-दराजमा रहने, विविध कारणले राजधानी आउन नसक्ने र काठमाडौंमै रहेर पनि विभिन्न भौतिक तथा अनलाइन कोर्षमा आबद्ध हुने विद्यार्थीहरुलाई समेत अध्ययन तथा परीक्षा तयारीमा सहजता हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो।

कार्यक्रम बोल्दै एन प्याब्सन का सह-अध्यक्ष सुबाश न्यौपानेले बिद्यार्थीको हितका लागी प्रदान गरिने यस प्रकारको छात्रवृत्तिको घोषणाले सोही किसिमका अन्य संस्थाहरुलाई पनि छात्रवृत्ति योजनाका लागि प्रोत्साहन गर्नेछ भन्ने आफ्नो आशा रहेको बताउनु भयो।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले पिइएले प्रधान गर्ने भनेको १००१ छात्रवृत्ति योजना निकैने सर्हानिय रहेको र यसबाट निम्न आया भएका परिवारमा पनि इन्जिनियरिङ् विषय अध्ययनमा पहुँच पुग्ने भन्दै आफ्नो धारणा व्यक्त गर्नु भयो।

नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले वर्षेनी धेरै संघ संस्थाहरुले छात्रवृत्ति योजना घोषणा गर्ने तर कार्यान्वयन पक्षमा पुग्दा नातावाद, कृपावाद हावी हुँदै जाने र राजनीतिकरणको शिकार हुने भएकाले सम्बन्धित सबैलाई निष्पक्ष भएर काम गर्न ध्यान आकर्षण गराउनु भयो।

मन्तब्यकै क्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले पिइएको १००१ छात्रवृत्ति घोषणाका लागि धन्यबाद दिदै खुसी व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा बोल्दै हिसानका अध्यक्ष रमेश कुमार सिलवालले पिइएले घोषणा गरेको “पिइए मेन्टर्स डिजिटल प्लेटफर्म” अन्तर्गतको १००१ छात्रवृत्ति योजना आगामी दिनमा यो भन्दा अझै बृहत एवं फराकिलो बन्दै जाने र बढी भन्दा बढी निम्न आय भएका परिवारका सक्षम बिद्यार्थीले यसबाट लाभ लिन पाउनेछन् भन्ने आशा व्यक्त गर्नु भयो।