नेपाली विद्यार्थीलाई बेलायति शिक्षा र अवसर बारे जानकारी दिन आगामी जेष्ठ २८ गते राजधानीको एभरेष्ट होटेलमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना हुने भएको छ । फेयर मार्फत विद्यार्थी र अभिभावकले बेलायतका ३० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कार्यक्रमहरु, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने छन । यसबारे जानकारी दिन एसआइ युके नेपालद्वारा आइतबार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एस आइ युके नेपालका राष्ट्रिय प्रबन्ध अश्गर हुसैनले फेयरमा
अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधिमार्फत प्रत्यक्ष जानकारी गराइने बताउनुभयो । संस्थाका निर्देशक विनय अधिकारीका अनुसार आइ यु के नेपालले आफ्नो स्थापनाकाल देखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षीक मेलाको आयोजना गर्दै आएको छ ।
“फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया शुरु गर्दछ उनीहरुलाई निशुल्क आई. इ. एल. टि. एस., निशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने छ”, संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीको भनाइ थियो ।
कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधि हरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मिता शिवाकोटीले बताउनुभयो ।
“हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटक पटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँदछौ”, एसआइ युके नेपालकी आएल्यस पिटीई, इन्स्टक्टर रुबा इमानले भन्नुभयो ।
फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले मार्केटिगं स्ट्जीटी अपनाएका छौ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पुर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट युके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु, मार्केटिगं म्यानेजर संगीता ओलीले भन्नुभयो ।
फेयरमा ३ हजार ७५ जनाले एसआई युकेको वेभसाइट www.siuk-nepal.com मार्फत रर्जीष्टेसन गरिसकेको बताउँदै हजारौ विद्यार्थीले सहभागिता जनाउने भएका छन् । डेढ दशक बेलायतमा बिताउनु भएका विनय अधिकारीले शैक्षीक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षीक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराउनुहुनेछ । स्मरण रहोसः विनय अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपमहासचिव समेत हुनुहुन्छ ।
प्रतिक्रिया