युके आयरल्यान्ड फेयर हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ: हब इन्टरनेस्नल एजुकेसनले जुन नौ अर्थात जेष्ठ २६ का दिन युके आयरल्यान्ड फेयर २०२२ आयोजना गर्ने भएको छ । यस बारे जानकारी दिन सोमबार राजधानीमा आयोजित  पत्रकार सम्मेलनमा यो जानकारी  दिइएको हो ।

अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले हब इन्टरनेसनलले आफ्नो स्थापना काल देखिनै बेला-बेलामा यस्तो किसिमको शैक्षीक मेलाको आयोजना गर्दै आएको छ।

फेयर मार्फत बिद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्यान्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने हब इन्टरनेसनलका युके-आयरल्यान्डका काउन्सेलर सुरज घिमिरे ले जानकारी गराउनु भयो।

फेयर मा उपस्थित हुने विद्यार्थी मध्यबाट १११ उत्कृष्ट विद्यारथीहरुलाई निशुल्क आई. इ. एल. टि. एस., निशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने हब ईन्टरनेसनलका चेयर म्यान उद्धव खड्काले जानकारी गराउनु भयो।

वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधि हरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन हब इन्टरनेसनलकी ब्रान्ड एण्ड बिजनेस डेभलपमेन्ट म्यानेजर श्रावनी खनालले जानकारी गराउनु भयो।