डोरबहादुर खपाङ्गी गिनिज बुकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : विश्वकै होचा डोरबहादुर खपाङ्गीले पाए गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्रकाठमाडौं । दुई महिनाअघि विश्वको सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम खेलाउन सफल सिन्धुलीका डोरबहादुर खपाङ्गीले मंगलबार प्रमाणपत्र पाएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले उनलाई सो गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।

खपाङ्गीले गत चैत ९ गते गिनिज वल्र्ड रेकर्डमा विश्वको सबैभन्दा होचा युवा (पुरुष) को रुपमा नाम लेखाएका थिए ।

कक्षा १ मा १० किलो 
जम्मा १० किलोका उनी २०६१ कात्तिक २९ गते जन्मिएका हुन् । सात जना छोराछोरीमध्ये सबैभन्दा कान्छो डोरबहादुर खपाङ्गी १८ बर्षका भए । उनका दाईले डोरबहादुर १५ वर्षको उमेरमा हुँदा यो भन्दा अब उचाई बढ्र्दैन भन्ने आफूहरुलाई लागेको बताए । डोरबहादुर अहिले कक्षा १ मा पढ्छन् । भान्जीले बोकेर उनलाई स्कूल लैजाने ल्याउने गर्नुपर्छ ।

डक्टरले उनको स्वास्थ्यमा केही समस्या नभएको र स्वास्थ्य सामान्य रहेको डोरबहादुरका दाई नरबहादुरले बताए । सिन्धुली जिल्ला प्रशासन कार्यलयबाट नागरिकता पनि बनाइसकेका उनलाई प्रमुख जिल्ला अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन पहल गरेका थिए ।