केन्ट इन्स्टिच्युट अष्ट्रेलियाले यसै साता काठमाडौंमा एजेन्ट मिट को आयोजना गरेको छ। कलेजका बारेमा नेपाल स्थित प्रतिनिधिहरूलाई ताजा जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्क्रमको आयोजना गरिएको हो।
कलेजको निति तथा “कोभिड प्याण्डेमिक” पछिको अष्ट्रलियाको नयाँ शैक्षिक अवधारणाका बारेमा जानकारी गराउन गराउन उक्त कार्यक्रम को आयोजना गरिएको थियो।
अलफ्ट होटल ठमेलमा केन्ट इन्स्टिच्युट अष्ट्रेलियाले उक्त कार्यक्रमको आयोजना गरेको थियो।
केन्ट इन्स्टिच्युटमा “भेट” तर्फ एज्ड केयर, बिजनेस, ईन्फोर्मेसन टेक्नोलोजी तथा उच्च शिक्षा तर्फ अण्डर ग्राडुएट सर्टिफिकेट इन ईन्फोर्मेसन टेक्नोलोजी, बेच्लर अफ काउन्टिङ, बेच्लर अफ बिजनेस साथै बेच्लर अफ ईन्फोर्मेसन टेक्नोलोजी विषयमा अध्ययन-अध्यापन हूँदै आएको छ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी झण्डै तेर्ह्र हजार भन्दा बढी विद्यार्थीहरुलाई अध्यापन गराइ सकेको केन्ट इन्स्टिच्युट अष्ट्रेलियामा नेपाल बाट पनि विभिन्न विषयमा थुप्रै विद्यार्थीहरु अध्ययनरत छन्।
बिजनेस र इन्फोर्मेसन टेक्नोलोजीमा सबैभन्दा बढी नेपाली विद्या्थीहरु भर्ना भएको र समय सापेक्ष सोही विषयहरुमा विद्यार्थिहरुको रुचि बढीरहेको कुरा केन्ट इन्स्टिच्युट अष्ट्रेलियाका चिफ एग्जिक्यूटिभ अफिसर जस्टिन फुटले जानकारी गराउनु भयो।
प्रतिक्रिया