अब नगरस्तरीय ठूला योजना : चन्द्रागिरी नगरप्रमुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने खालका योजनामा ध्यान दिने बताउनु भएको छ ।

सोमबार नगरपालिका कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख गिरीले अघिल्लो कार्यकालमा त्यसअघि लामो समय जनप्रतिनिधि नभएका कारण जनताको आकांक्षा सम्बोधन गर्न पनि साना योजनामा काम भएको भनाइ उहाँको थियो ।

दोस्रो कार्यकालमा पनि आफूसँगै निर्वाचित जनप्रतिनिधिहरु सँग एकै डूंगामा सवार यात्रु सरह सहकार्य गरिने भनाई उहाँको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्र्वाचित उपप्रमुख वसन्ती श्रेष्ठले नगरपालिकालाई भ्रष्टाचाररहित नगरपालिका बनाउन आफू दृृढतापुर्वक लाग्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित जनप्र्रतिनिधिहरुलाई सपथका साथै विदा हुने निर्र्वतमान जनप्रतिनिधिहरुलाई फेरि भेटौंला भन्दै करुवा उपहार प्रदान गरिएको थियो ।