काठमाडौं : भारतको सिटि विश्वविध्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । राजधानीमा शनिबार विश्वविद्यालयको प्रतिनिधि मण्डलद्वरा आयोजित उच्चशिक्श्या सम्बन्धि सम्मेलनपश्चात् आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै विश्वविध्यालयका उपकुलपति चरण जीत सिंह चान्निले विद्यार्थीलाइ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा योग्य बनाउन आफुहरुले नयाँ युग अनुसारको शिक्षा दिने बताउनु भयो ।
हामिले उपाधि मात्रै दिएर पठाउदैनौ २/३ वर्षको ईन्टरशिपमार्फत क्षमता समेत दिएर पठाउँछौं “, उहाँले भन्नु भयो ।
प्रतिक्रिया