काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त भेटघाटमा
विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा स्वागत गर्नुभएको थियो। केन्द्रका अध्यक्ष महाबिर पून अझै भ्रमणकै सिलसिलामा युरोपमा हुनुहुन्छ। हाल युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिङ बिष्ट र बिज् एजुकेशन युकेका डाइरेक्टर हरी कार्की सहीतको समुहले राष्ट्रिय आविष्कार केन्द्रको औपचारिक भ्रमण गरेको हो। उक्त औपचारिक भ्रमणमा राष्ट्रिय आविष्कार केन्द्र र युक्ल्यान बिच हुँदै गरेको अनुसन्धान र विकासका बारेमा जानकारी गराउँदै केन्द्रका कार्यकारी अध्यक्ष हरि सिलवालले केन्द्रमा स्वागत गर्नुभयो।
न्यौपानेले स्वागत मन्तव्यकै क्रममा कार्यक्रम संयोजक बिज एजुकेशन युकेका डाइरेक्टर हरी कार्की लाई धन्यवाद दिँदै आविष्कार केन्द्रको आवश्यकता र औचित्यमा युक्ल्यानले पुर्याएको योगदानको उच्च कदर गर्दै युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिङ बिष्टलाई केन्द्रको भ्रमण गराउनु भएको थियो।
केन्द्रको औपचारिक भ्रमण पश्चात युक्ल्यानकी डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टनले पत्रकार सम्मेलन मार्फत युक्ल्यान र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यले नयाँ नयाँ प्रविधिको बिकासले नेपालको गरिवी निवारण गर्नुपर्ने र यसमा युक्ल्यान सधै साथ रहने समेत जानकारी गराउनु भयो।
युक्ल्यानका डाइरेक्टर साउथ एसिया गोविन्द सिङ बिष्टले पत्रकार सम्मेलन मार्फत राष्ट्रिय आविष्कार केन्द्रका बिध्यार्थीहरूले गरेका नयाँ नयाँ प्रविधिको बिकासको ब्याबहारीक र ब्याबसायीकताको प्रबर्द्धनमा युक्ल्यान सधै साथ रहने जानकारी गराउनु भयो।
बिज् एजुकेशन युकेका डाइरेक्टर हरी कार्कीले भ्रमणका क्रममा पत्रकार समक्ष
आफु नेपाली भएर प्रवासमा रहिरहँदा समग्र नेपालको दिगो विकासमा सोचिरहेको र हरेक प्रवासीहरूले नेपालको दिगो विकासमा लागि पर्नु पर्ने जानकारी गराउनु भयो।
प्रतिक्रिया