सगरमाथा चढ्यो; अब डेनाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको शिखरमा पुग्ने भएको छ ।  यस बारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अगामी पर्वतारोहि कर्मा तेन्जिङको नेतृत्वमा आगामी जुन २ मा डेनालि पर्वतारोहण सुरुहुने बताइएको छ । कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क अधिकृत गारेट इ विलकर्सनले नेपाल अमेरिका मैत्रीको प्रतीक झन्डा सगरमाथा शिखरमा पुर्याएकोमा आरोही पासाङ फुर्पालाई  धन्यवाद  दिनुभयो ।                                                                          सन् १९४७ मा अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको र सन् १९४८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वार्षिकोत्सवको अवसरमा यसरी सगरमाथा र  डेनाली पर्वतारोहण गरिदैैैछ ।

हिरक जयन्तीको झण्डालाई छ दिन अघि  सेभेन समिटका बोर्ड अफ् डिरेक्टर समेत  रहनुभएका पासाङ फुर्बा शेर्पाले सगरमाथाको शिखरमा पुर्याउनुभएको थियो । उक्त आरोहणमा ७ जना नेपाली आरोही र एक अमेरिकी आरोहीको सहभागिता थियो ।

आरोहण टोलिमा विश्वका १४ अग्ला हिमालको आरोहण गर्ने प्रथम दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, १४ हिमालको आरोहण गरेका विश्व कीर्तिमानी आरोही छाङ दावा शेर्पा, र सबैभन्दा कम उमेरमा १४ ओटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानी आरोही मिङमा ग्याबु शेर्पा (मिङ्मा डेविड) सहभागी थिए ।

त्यस्तै, व्यावसायिक पर्वतीय पथप्रदशक तथा ४ पटक सगरमाथा आरोहण गरेका आरोही कर्मा ग्याल्जे शेर्पा, १७ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पा र ९ पटक सगरमाथा आरोही पासाङ दावा शेर्पा समेत आरोहण सहभागी थिए  ।