वैशाख ०२, पर्सा।
पर्साको वीरगंज महानगरपालिकाको मत परिणामको जोड गलत भएको देखिएको छ । स्थानीय तह निर्वाचन भएको दुई दिन पछि बल्ल तल्ल एउटा वडाको मतपरिणाम सार्वजनिक गर्न सकेको निर्वाचन आयोगले मतपरिणामको जोड समेत सहि गर्न नसकेको पाईएको छ ।
महानगरपालिकाको प्रमुख र उप-प्रमुखको मत परिणाम फरक फरक उल्लेख गरिएको छ । मत परिणामको सदर र बदर मत जोडेर आउनु पर्ने मत परिणाम भन्दा फरक परिणाम आउने त्यसैगरी जम्मा खसेको मत संख्या पनि फरक देखिएको छ ।
मतदान सम्पन्न भएको दिन वडा नम्बर ३२ को कुल मत सँख्या ३२४४ बताएकोमा अहिले आएर ३५४४ देखाएको छ । त्यसमा पनि प्रमुख पदको लागि सदर मत २४४२ र बदर मत ९८१ उल्लेख छ ।जुन दुबै सँख्या जोड्दा ३४२३ हुन्छ तर मतपरिणाममा ३६४४ लेखिएको छ ।

यो विषयमा मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेल सङ्ग कुरा गर्न खोज्दा अधिकांश चोटि उहाँको फोन उठेको छैन ,फोन उठेपनी ‘हामिले पत्रकार सङ्ग कुरा गर्ने कि आफ्नो काम गर्ने ‘ भनेर फोन काट्ने गर्नुभएको छ ।
वीरगंज महानगरपालिकाको ३२ वटै वडाको निर्वाचन सम्पन्न भएर मतपेटिका गत ३० गते नै मतगणना स्थलमा आईपुगे पनि कछुवाको तालमा मतगणना भइरहेको छ । हाल वडा नं.१,२,३२ र ३१ को मतगणना सुरु भएको दुई पछि मात्रै ३२ नम्बर वडाको मतपरिणाम छिनोफानो लागेको छ । वडा नं. ३२ मा जसपाका वडाध्यक्ष उम्मेद्वार रेयाज अहमद ठकुराईले ८९१ मतका साथ बिजयी भएका छन् । 

प्रतिक्रिया