१३ शिर्षकमा गठबन्धको साझा प्रतिबद्धता सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वैशाख २३,पर्सा।
५ दलीय गठबन्धनले विभिन्न १३ वटा शिर्षकमा आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेको छ। नेपाली काँग्रेस,माओवादी केन्द्र,एमाले एस,जनता समाजवादी पार्टी लगायतका ५ दलीय गठबन्धका दलहरुले आज एक कार्यक्रमका बीच साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
वीरगंजको होटेल पुजनमा आज अपराह्न पत्रकार सम्मेलन आयोजना गरि वीरगंज महानगरपालिकाको लागि साझा प्रतिबद्धता सार्वजनिक गरिएको जनता समाजवादी पार्टी नेपाल,पर्साका सचिव एवं स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति संयोजक तबरेज अहमदले बताउनु भयो।

सुचना प्रविधि तथा संचार,खेलकुद,साहित्य ताहा भाषा संस्कृति,महिला बालबालिका तथा जेष्ठ नागरिक,कृषि तथा पशुपन्छी,पूर्वाधार विकास तथा पर्यटन,युवा,उद्योग तथा रोजगार,पर्यावरण संरक्षण तथा फोहोर व्यवस्थापन लगायतका विषयहरु साझा प्रतिबद्धतामा उल्लेख गरिएको अहमदले बताउनु भयो।

स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धनका ५ दल नै एक अर्कालाई ईमान्दारी पुर्वक साथ दिने गरेको गठबन्धनका दलहरुको विश्वास रहेको छ। मेयर उपमेयरको लागि कडा प्रतिष्पर्धा रहेको वीरगंजमा ५ दलको गठबन्धन टोलीले एकार्कालाई खुलेर साथ दिईरहेको नेका पर्साका सभापति जनार्द्धन सिंह क्षेत्रीले बताउनु भएको छ। साझा प्रतिबद्धता सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्द्धन शर्माले ३२ वटै वडामा मेयर पदका लागि जसपाका राजेशमान सिंहको लागि र उपमेयर पदको लागि नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमको लागि भोट मागिरहेको बताउनु भयो।