छाता मै पर्सागढ़ी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वैशाख १९,पर्सा।
छाता नै छाताले भरिदै गएको छ पर्सागढ़ी नगरपालिका। स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीहरु बीच कडा प्रतिष्पर्धा रहेको पर्साको पर्सागढ़ी नगरपालिका यतिबेला छाता नै छाताले भरि भराउ देखिएको छ। जनता समाजवादी पार्टी नेपालको घरदैलो कार्यक्रमले गर्दा पर्सागढ़ी नगरपालिका यसो देखिएको हो।

जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह छाता छापले पर्सागढ़ीवासीहरुको मनमा बस्न थालेपछि चारै तिर छाता छापा कै चर्चा चलन थालेको जनता समाजवादी पार्टी पर्साका सचिव एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक तबरेज अहमदले बताउनु भयो।

 

 

जनता समाजवादी पार्टी नेपाल पर्सागढी वडा नम्बर ३ एकाइ समितिले आयोजना गरेको घरदैलो कार्यक्रमबाट निकै प्रभाव परेको उहाँले बताउनु भयो। उहाँका अनुसार,घरदैलोमा जनताहरुले जसपालाई रुचाईरहेको र समर्थनमा थपिदै गएका छन्। पर्सागढ़िका जनताहरुको यो समर्थन देखेर मनोबल उच्च भएको छ। जसपाले आज पर्सागढ़िको औरही, कटहरिया र बडनियार लगायतका जनताको घरदैलोमा पुगेको हो। वडा अध्यक्ष उमेदवार श्रवण चौधरीको साथै नगर प्रमुख, उपप्रमुखका उमेदवारहरुलाइ बिजयी गराउन मतदाताहरु संग अपिल गरिएको उहाँले बताउनुभयो।