वैशाख १५,पर्सा।
पर्सामा जसपाको घरदैलो कार्यक्रमको रौनक छाएको छ। वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल,पर्साले अधिकत्तम पालिकामा आफ्नो उमेदवार बिजयी गराउन घरदैलोमा होमिएको हो। चुनाव आउँ १५ दिन बाकि रहदा जसपाले कुनै पालिका घरदैलो हुन बाकि राखेको छैन। पर्साको १४ स्थानीय तह मै जसपाले सांगठनिक हिसाबले घरदैलोमा होमिएको जसपा पर्सा जिल्लाका सचिव एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक तबरेज अहमदले जानकारी दिनु भएको छ। उहाँका अनुसार आज बिहान मात्रै वीरगंज महानगरपालिकाको विभिन्न वडा,बहुदरमाई नगरपालिका,पोखरिया नगरपालिका,धोबिनी गाउँपालिका त्यसै गरि विन्दवासिनी गाउँपालिका लगायतका पालिकाहरुमा जसपाले घरदैलो सुरु गरेको छ। प्रस्तुत छ जसपाको घरदैलो कार्यक्रमका केहि दृश्यहरु।
प्रतिक्रिया