वैशाख १४,पर्सा ।
पर्साको धोबिनी गाउँपालिका स्थित काँग्रेसका बलिया नेता अदालत राउत कुर्मी जसपामा प्रवेश गरेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल,पर्साको धोबिनी स्थित पार्टी सम्पर्क कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा कुर्मी सहित दर्जनौं कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
जसपाका प्रभावशाली नेता देवेन्द्र पटेलको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको जसपा पर्साका जिल्ला सचिव एवं स्थानिय तह निर्वाचन प्रचारप्रसार समिती संयोजक तबरेज अहमदले जानकारी दिनुभयो ।
उहाँका अनुसार जसपाका धोबिनी गाउँपालिका संयोजक मदन पटेलको सकृयतामा दर्जनौंले पार्टी प्रवेश गरेका हुन् ।
वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा जसपामा प्रवेश गर्नेको संख्या पनि धपिदै गएको छ । पर्साको १४ स्थानिय तह मध्ये वीरगंज महानगरमा गठ्बन्धन बाटै निर्वाचनमा भाग लिएको जसपा पर्साले बाकी १३ पालिकामा पनि विभिन्न ५ दलीय समन्वय गर्न आजै बिहान ५ दलका शिर्ष नेताहरु सङ्गको ३ बुंदे सहमती पनि गरेको छ ।
प्रतिक्रिया