फोटो प्रदर्शनी गर्दै ९५औं राष्ट्रिय फोटोपत्रकारिता दिवस मनाइयो ।
बैशाख १३ गते मंगलवार बिभिन्न कार्यक्रम गरी राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा दिवस मनाइएको हो ।
१९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलो पटक फोटो समाचारको रुपमा प्रकाशन भएका थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागे कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासीत भएको दिनको सम्झनामा नेपलाका फोटो पत्रकारहरुले बैशाख १३ को दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ ।
दिवस मनाउने क्रममा राष्ट्रिय फोटोपत्रकार समूहले काठमाण्डौको भृकुटिमण्डप देखी प्रभात फेरीको आयोजना गरेको थियो । प्रभात फेरी बसन्तपुर दरवार क्षेत्रमा पुगरे कोण सभामा परिण भएको थियो । कोणसभामा एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न वज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाई सुवाल र राजेन्द्र चित्रकारले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो । मनतव्यका क्रममा उहाँहरुले नेपालको फोटो पत्रकारीताको चर्चा गर्नुका साथै नेपलाको पत्रकारितको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिव एक शताब्दि पुग्न लागेकाले सम्पूर्ण नेपालीले गर्व गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी एनएफपिजेका अध्यक्ष प्रदिवराज वन्तले आफ्ना मनतव्य राख्ने क्रममा फोटो पत्रकारिता क्षेत्रमा विगत देखी वर्तमान सम्म योदान पुर्यानेहरु प्रति आभार व्यक्त गर्दै सम्पूर्ण फोटो पत्रकारिता पेशामा लगेका र शुभेच्छुकहरुमा ९५औं फोटो पत्रकारीता दिवसका अवसरमा शुभकामना प्रदान गर्दै आगामी दिनमा फोटो पत्रकारितालाई अझ व्यावसायीक र मर्यादित बनाउदै जानु पर्ने कुरामा जोड दिनु भयो ।
बैशाख १३ कै अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह, नेपाल ९एनएफपिजे०ले बसन्तपुर डवलीमा एक दिने फोटो प्रदर्शनी पनि सम्पन्न गरको छ । कोभिड–१९को महामारीबाट बच्न अन्तिम विकल्पको रुपमा सरकारले देशभरी लकडाउन गरेको थियो । सरकारले लगाएको लकडाउनमा देशभरीका फोटो पत्रकारहरुले खिचेका तत्कालीन अवस्थाको तस्विरहरु प्रदर्शनीमा राखिएको थियो । कोरोना महामारीमा सन्त्रासको विच सडकमा निस्केर फोटो पत्रकारहरुले खिचेको फोटोले महामारीमा आम दैनिकिलाई पारेको प्रभाव झल्कने फोटो प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएको फोटो अवलोकन गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष, काठमाण्डौ महानगरपालीकाका मेहरका उम्मेदवार तथा काग्रेस नेतृ सृजना सिंह लगायतले अवलोक गर्नु भएको थियो ।
फोटो प्रदर्शनीलाई सर्वसाधारण देखि वुढापाखा बच्चा विदेशिहरुहरुले पनि चासोकासाथ अवलोकन गरेका थिए । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिवराज वन्तले फोटो प्रदर्शनले महामारी कसैको नियन्त्रमा हुदैन । महामरी जुनसुकै बेलापनि आउन सक्छ त्यसकालागी विगतबाट पाठ सिकेर जहिल्य सचेतान अपनाउन आवश्यक छ । त्यो कुरालाई विर्सन हुन्न भन्ने सन्देश दिन पनि लकडानको समयमा खिचिएका फोटो प्रदर्शनी गरीएको जानकारी दिनु भयो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ
फोटो वैंक २०२०
प्रतिक्रिया