हिजोसम्म टिकटको पर्खाइमा रहेका नेकपा एमालेका युवा नेता दावा लामा ह्योल्मो अब जितको पर्खाइमा हुनुहुन्छ । समृद्ध हेलम्बु बनाउनकै लागि आफूले उम्मेदवारी दिएको भनाई उहाँको छ । गाउँपालिका अध्यक्ष पदको लागि एमाले बाट उम्मेदवारी दिनुभएको ह्योल्मोले हेलम्बु विकास गर्ने थुप्रै योजना आफू संग रहेको बताउनुभयो । उहाँले विगत देखिनै यस क्षेत्रमा गर्दै आएको सहयोग तथा सेवाका आधारमा अध्यक्षको दावि गरिएको बताउनुभयो ।
बाढीले क्षति पुर्याएको हेलम्बुलाई मोडल हिसाबले अगाडि बढाउनका लागि आफुले योजना बनाएको ह्योल्मोले बताउनुभयो । गुड ह्यान्स नामक संस्थाका अध्यक्ष समेत रहेका ह्योल्मोले विगत देखिनै यस क्षेत्रका शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा काम गर्दै आउनुभएको थियो ।
एमाले पार्टीमा लागे देखिनै पार्टीको हरेक अभियानमा ,, पार्टीको कार्यक्रममा र पार्टि जटिल अवस्थामा पुगेको बेलामा समेत पार्टीसंग जोडिदै आएको र समाज सेवालाई निरन्तरता दिएको उहाँले बताउनुभयो । “ एमाले पार्टीलाई कम्जोर बनाउन कुनै पनि गतिविधिमा संलग्न भएको भए देखाउनुस ,आजको दिन सम्मपनि नेकपा एमाले शिर उच्च बनाउनका लागि लागि परेको छु, त्यसैले मेरो उम्मेदवारी हो ”ह्योल्मोको भनाई छ।
उहाँले सामाजिक अभियन्ताको रुपमा आफुले यो क्षेत्रमा करिब दुई दशक लामो यात्राबाट देशको २० वटा विद्यालय भवन पुनर्निर्माण गरी शैक्षिक अभियानमा निरन्तर लागि रहनुभएको छ । विशेष गरी एक हजार विद्यार्थीलाई कम्प्युटर तालिम र १० हजार युवालाई कोरियन भाषा निशुल्क पढाई केहि युवाहरूलाई वैदेशिक रोजगारीको लागि कोरिया सम्म पुर्याउन सहयोग गरेको समेत ह्योल्मोले बताउनुभयो ।
“त्यति मात्र होइन ५ सय ,महिलाहरूलाई सीप मुलक तालिम सिलाई बुनाई र सामाजिक उद्यमशील मार्फत २० जनालाई रोजगारी दिई रहेको र बिबिध शैक्षिक सामाग्री , ७ हजार विद्यालय झोला वितरण समेत उहाँले गर्नुभएको छ । यसै गरी पाहुना घर समुदाय भवनलाई कुर्सी दिने,, बाढी पीडित र भुकम्पको बेला उद्घार र राहत समाग्री वितरण जस्ता सामाजिक कार्य गरेको कारण ती समुदाय र ब्यक्तिको घर घरमा पुगेको हुनाले आफूले जनताको विश्वास आर्जन गरेको भनाई पनि उहाँको द्ध । यो म प्रतिको विश्वास लाई निरन्तरता दिनको लागि र उहाँहरुको पनि गाउँपालिका भएर काम गरेको हेर्ने चाहाना साथै मेरो पनि समृद्ध हेलम्बु बनाउने योजना रहेकाले पनि यो पटक मेरो हेलम्बुमा दावि छ ”, उहाँको भनाई छ ।
आर्थिक, सामाजिक र राजनितिक हिसाबले आफु तयारी रहेको समेत ह्योल्मोले सुनाउनुभयो । उहाँले नैतिक रुपले पनि कुनै प्रकारको मुद्दा मामिलामा नफसेको, विवादित छवि नबनाई एउटा सामाजिक ब्यक्तित्वको रुपमा आफुलाई चिनाएको दावि गर्नुभयो । उहाँले चुनाव जित्न र समृद्ध हेलम्बु बनाउनका लागि सहयोगको समेत अपिल गर्नुभएको छ । “यी आधार हरुको कारण मेरो दाबी हो तर तपाईं हरुको सहयोग बिना चुनाव जित्न सकिन्न । सबै हेलम्बु बासीको साथ सहयोग बिना मेरो दाबिको कुनै तुक छैन । त्यसैले एक पटकको लागि मलाई समर्थन र सहयोग गरि दिनुहुन हेलम्बु बासी र पार्टिका सम्पुर्ण नेतागण हरुमा आग्रह गर्दछु ”ह्योल्मो सँगै हेलम्बुमा एमाले बाट ९ जनाको नाम सिफारीस भएको छ । एमालेले उम्मेदवारको नाम टुङ्गो लगाउन सकेको छैन ।
प्रतिक्रिया