वैशाख ०८,पर्सा।
गत स्थानीय तहको चुनावमा तत्कालिन एमालेबाट छिपहरमाई गाउँपालिका अध्यक्षको उम्मेदवारी दिनुभएका रंजित साह कानु सहित दर्जनौं स्थानीयहरू जसपा प्रवेश गरेका छन्। आज बेलुका जनता समाजवादी पार्टी पर्साको जिल्ला समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँहरुले जनता समाजवादी पार्टी प्रवेश गर्नु भएका हुन्। छिपहरमाई गाउँपालिकाका विभिन्न पार्टीका बिभिन्न एकाई कमिटि परित्याग गरि उहाँहरुले जसपा रोज्नु भएको नवप्रवेशी रंजित साह कानुले बताउनु भयो।
स्थानीय तहको चुनाव नजिकिदै गर्दा जसपा प्रति सर्वसाधारणको लोभ बढ्दै गइरहेको छ। हरेक दिन विभिन्न माध्यमबाट सयौंको संख्यामा जसपामा नयाँ कार्यकर्ता थपिदै गएका हुन्। सोहि क्रममा आज पनि डेढ दर्जनले जसपा प्रवेश गरेको जिल्ला सचिव एवं
जिल्ला स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक तबरेज अहमदले जानकारी दिनुभएको छ।
आज आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका स्थानीय देखि केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो।
त्यसै गरि जसपा जिल्ला कै प्रथम स्थान मै रहने संघीय सांसद एवं केन्द्रीय सदस्य प्रदीप यादवले दाबि गर्नुभएको छ। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले,” पर्सा जिल्लाको नम्बर एक पार्टी भनेको जसपा थियो र पछि पनि रहने छ निरन्तर कर्म गर्दै जाऔं” भन्नुभयो।
आज जसपा प्रवेश गर्नेहरुमा ताराचन्द पण्डित ,हफिज मियाँ ,शुकराज साह कानु ,धुरी साह कानु,नाजिर मियाँ ,रसुल मियाँ ,भिक्हम अन्सारी,अब्दुल मियाँ ,हाकिम यादव,शेख इदु ,लालन साह तेली ,शेख अनावर पन्ना देवान तथा कैलाश यादव लगायतका कार्यकर्ताहरु थिए।
प्रतिक्रिया