अब साइकल सेयरिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सयौं वर्षदेखि राजधानीको असनमा साइकल बिक्रिबाटै सम्पूर्ण जिविका गर्दै आएको परिवारका चौथो पुस्ता हुनुहुन्छ तिरेक मानन्धर मानन्धर । अहिले प्लांक बाइकको नामबाट चिनिने उहाँको पसल सम्भवतः देशकै पुरानो साइकल पसल पंच अष्टनारायण साइकल पसलको ब्राण्ड नाम हो ।

यही नाम अब देशमै पहिलो पटक साइकल सेयरिङ सुरुवात कर्तासमेत बन्न पुगेको छ । नयाँ वर्ष २०७९ कै दिन कीर्तिपुरबाट दिरेकको अगुवाइमा सुरु भएको यो अभियानले कीर्तिपुरबाट राजधानीका अन्य क्षेत्रमा जाने वा राजधानीबाट कीर्तिपुर आएर त्यहाँका पर्यटनस्थल भ्रमण गर्ने जो कोहीलाई पनि भाडामा लिए भन्दा सस्तोमा साइकल उपलब्ध गराउँछ । कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का र वडा अध्यक्षहरु न्हुछेबहादुर महर्जन र अमन महर्जनसहित सुरु भएको यो अभियानलाई स्थानीय चुनावपछि ललितपुर हुँदै उपत्यका भर विस्तार गर्ने योजना उनीहरुको छ ।

यसले जो कोहीले पनि चाहेको ठाउँबाट साइकल लिने, चाहेको ठाउँसम्म चलाउने र काम सकिएपछि पायक पर्ने स्टेसनमा छोडेर जान सक्ने अवसर दिन्छ । कम्प्युटर सफ्टवेयरबाट सञ्चालन हुने साइकल सेयरिङ नेटवर्कले ‘जहाँबाट पनि साइकल लिन सकिने र जहाँ पनि छोडन सकिने’ सुविधा दिने भनाई तिरेकको  छ ।

‘ पेट्रोलको बढदो मुल्य, प्रदुषणको कुरा र शारीरिक अभ्यास हुने भन्दै साइकल सवारीको प्रशंसा प्रायः सबैले गर्छन् तर ति मध्ये धेरैले साइकल चढदैनन् । त्यसको एउटा कारण साइकललाई कहाँ राख्ने भन्ने समस्या पनि हो’, उहाँको भनाई छ । त्यसैले विभिन्न स्थानमा साइकल स्टेसन बनाउने सोच उहाँहरुको छ । यि स्टेसनबाट साइकल भाडामा लिन र सेयरिङ दुवै गर्न सकिनेछ । भाडामा लिँदा आफूले प्रयोग गरेको समय अनुसार रकम दिनुपर्छ र त्यो साइकललाई स्टेसन नभएका स्थान जहाँ पनि लैजान सकिन्छ र फेरि लगेकै स्थानमा ल्याएर छोडिदिनुपर्छ ।

तर सेयरिङमा साइकल लिँदा भने कार्यालय, घर वा आफूले तय गरेका छोटा गन्तव्य सम्म साइकल लैजाने, पुगेपछि सो गन्तव्यमा रहेको स्टेसनमा छोडेपछि त्यहाँसम्म सम्मको मात्र शुल्क दिए पुग्छ । आफूले छोडे पछि त्यो साइकल अरु कसैले प्रयोग गर्छ र आफूलाई फेरि चाहियो भने सोही स्टेसन वा अरु कुनै स्टेसनमा गएर अर्को साइकल लिन सकिन्छ । ‘कसैलाई कीर्तिपुरबाट काठमाडौंमा काममा जानु पर्यो र केही समय काम गरेर फेरि भक्तपुर जानु छ र त्यहाँ पनि केह िकाम गरेर पछि नगरकोट जानुछ भने उसले अलग अलग स्टेसनबाट आफूले चाहेको बेला साइकल लिएर गन्तव्यसम्म पुग्न सक्छ’, उहाँ उदाहरण दिनुहुन्छ ।

यसो गर्दा प्रयोगकर्ताले आफूले चाहेको प्रकारको साइकल पाउने पनि दिरेक बताउनुहुन्छ । धेरै उकालो भएको स्थानमा जाने प्रयोगकर्ताले विद्युत्तीय साइकल पनि प्रयोग गर्न सक्छन् ।
प्रदुषण र पेट्रोल खपतलाई लाई घटाउने हो भने काठमाडौं उपत्यकालाई साइकल सिटी बनाउनुको कुनै विकल्प नरहेको भनाइ पनि उहाँको छ ।
साइकल सेयरिङ लाई अबको छ महिनासम्म परीक्षणको रुपमा लागू गर्ने र त्यसबाट प्राप्त अनुभव र तथ्यको आधारमा सप्ःटवेयर मार्पत पुर्णरुपमा लागू गर्ने जानकारी पनि उहाँले दिनुभयो ।
साइकल सेरियङका लागि प्रति पाँच किलोमिटर एक स्टेसन चाहिन्छ । विदेशमा जस्तो जुनसुकै स्थानमा छोडे पनि हुने अवस्था नभएकोले स्थानीय निकाय, होटल रेष्टुराँ आदिमा स्टेसन कायम गरी सेवा सञ्चालन गरिने भनाई उहाँका छ ।

सेवा सञ्चालनमा साइकलको सुरक्षा मुख्य चुनौति हो भने सबैले साइकललाई राम्ररी चलाउन जान्दैनन् । साइकल सेरियङ नयाँ अवधारणा भएकोले बुझन समय लाग्ने पक्ष पनि एउटा चुनौति रहेको उहाँ बताउनुहुन्छ ।