वीरगंजले थुप्रै नेतालाई हेरि सकेको छ । वीरगंजलाई सबैले ठगेका मात्रै छन् । कहिले राजधानीको नाममा ,कहिले औधोगिक क्षेत्रको नाममा।
आउँदो वैशाह ३० मा हुने स्थानीय तहको चुनावमा वीरगंजको मेयरको लागि को उत्तम भने चर्चा चलेसंगै सबैको ओठमा नछुट्ने नाम ‘राजेशमान सिंह’ भएको छ। वीरगंजको मेयरका लागि उम्मेदवारहरुको चर्चा चल्दै गर्दा युवादेखि अग्रजसम्मको ओठमा एउटै नाम छ ‘राजेशमान सिंह’।

हुन् पनि कसरि नहोस् ? विकल्प पनि त छैन। व्यापक बेरोजगारी रहेको पर्साको सदरमुकाम वीरगंजको अवस्था परिवर्तन गर्न राजेशमान सिंह उत्तम रहेको चर्चा यथाह चलेको छ।
३२ वडा रहेको वीरगंज महानगरपालिकामा नयाँ थपिएका वडाहरु अझै पनि नाम मात्रैको महानगर तर जीवनशैली भने गाउँले नै रहेको छ। हो ती गाँउ-गाँउ देखी बजारसम्म एउटै नाम गुञ्जिरहेको छ ,राजेशमान सिंह।
यतिमात्रै नभई काँग्रेस र कम्युनिष्टका कार्यकर्ता समेत वीरगंजको लागि पार्टी भन्दा माथि उठेर यसपाली राजेशमानलाई नै मौका दिने भने कुरा चलेको छ। जनता समाजवादी पार्टीको तर्फबाट वीरगंज महानगरपालिकाको मेयर पदका लागि राजेशमान सिंहलाई उम्मेदवारको रुपमा उनका पार्टीले समेत घोषणा गरिसकेको छ ।
पछिलो ४/५ वर्षमा वीरगंजको लागि गरिएको अपेक्षा अधुरो रहेकोले वीरगंजलाई एउटा मजबुत नेता चाहिएको छ। कर्मचारीको छाडापन र नगरपालिका भ्रष्टाचारको अड्डा बनेको छ,जसका कारण सर्वसाधारण गरीब र मध्य वर्गका जनताहरु सरकारी सुबिधा पाउनबाट वन्चित हुनुको साथै असहज जीवन बिताउन बाध्य छन् । यस्ता विकृति सुधार गर्न राजेशमान सिंह नै उत्तम रहेको कुरा जनता बुझिसकेका छन् ।
वीरगंजमा शिक्षा माफिया र स्वास्थ्य माफियाहरूको आतङ्क कायमै छदा महानगरको कृषि क्षेत्र अति नै पिछडिएको छ। धान-गहुँको बिउ साथै कृषि उत्पादन जन्य सामग्री,उपकरण आदि समेत महानगरका किसानले पाउन सकेका छैनन् पाए पनि मेयर र वडा अध्यक्षका आसेपासेले मात्रै पाएका छन्। हो यो कृपावाद हटाउन वीरगंजको मेयरमा राजेशामानको आवश्यकता यहाँका जनताले बुझ्का छन्।
शिक्षाको नाममा व्यवसाय चलाउने शिक्षा माफियाको अन्त्य गर्न राजेशमान सिंहको आवश्यकता महसुस गरेका छन् यहाँका जनताले।
विद्यालयमा शिक्षा बाहेक सबै थोक उपलब्ध छन्। किताब देखि पोशाक सम्म विद्यालयले कमिसन पाउने ठाउँबाट नै बढी मूल्य तिरेर लिन अभिभावक बाध्य छन्। हो यो बाध्यतालाई अन्त्य गर्न राजेशमानको आवश्यकता रहेको महानगरवासीहरुको भनाई छ। मन परि तरिकाले विद्यालय शुल्क बढछ र प्रत्येक वर्ष भर्ना शुल्क तिर्नुपर्छ यसको लागि कुनै नियम कानुन छैन,कुनै निजि विद्यालयले छात्रवृत्ति दिँदैन हो यो कानुन बुझाउन राजेशमान नै चाहिन्छ भने नारा सुरु भएको छ।
सफाईकर्मी पर्याप्त भएको महानगरमा फोहोर रहित सडक फेला पार्न असम्भव छ। सरसफाई सफाईकर्मी हुँदाहुँदै कमिशनको लालचमा फोहोर व्यवस्थापन गर्न टेण्डर हुन्छ यहाँ ,हो त्यहीं कमिशनको खेल समाप्त गर्न राजेशमान सिंह नै चाहिन्छ भनेर वीरगंजवासीहरुको चेतना बढेको छ। तसर्थ मधेश प्रदेशको एक मात्रै महानगरपालिकाको मेयरको रुपमा राजेशमान सिंहको विकल्प छैन।
प्रतिक्रिया