शिक्षा, स्वास्थ र न्यायीक क्षेत्रमा उल्लेख्य प्रगति – निर्मला थापा, उपमेयर, महालक्ष्मी नगरपालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

ललितपुरको महालक्ष्मी नगरपालिका विकास र समृद्धिको बाटोमा अग्रसर भइरहेको छ । यो नगरपालिकाई समृद्ध बनाउन रातदिन अग्रसर भएका छौं । यो नगरपालिका पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका कार्यक्रमलाई समेटेर गुरुयोजनाका साथ अघि बढेको छ । यस अविधिमा नियमित प्रशासनिका कामका साथै विकास निर्माणमा थुप्रै कार्यहरु गरियो । अझैपनि धेरै योजना तथा कार्यक्रम कार्यन्वयनको क्रममा छन् । शिक्षा स्वास्थ तथा न्यायीक क्षेत्रमा उल्लेख्य काम भएका छन् । स्वस्थ्य क्षेत्रमा सामुदायीक अस्पताल निर्माण तथा स्वास्थ क्षेत्रमा सामुदायीक विद्यालयको गुणस्तर सुधार जस्ता क्षेत्रमा उल्लेख्य प्रगति भएका छन् । जनताले थाहा परिवर्तनको अनुभूति पाउने गरी काम भएका छन् ।

स्वाथ्य र शिक्षाको विकास प्रथमिकतामा

महालक्ष्मी नगरपालिकाले लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तार गरेको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्यकेन्द्र (पिएसी)लाई २५ शैय्यामा विस्तार गरेको छ । पिएसीको पुरानै भवनमा सरसफाइ गरी सेवाविस्तार गर्ने क्रममा २४ घण्टै बर्थिङ सेन्टरसमेत सुरु गरिएको छ । पिएसीमार्फत नगरपालिकाले हाडजोर्नीबाहेक अन्य सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । अहिले स्वस्थ्य केन्द्रले अस्पताल सरह प्राथमिक स्वस्थ्य सम्वन्धी सम्पूर्ण सेवा उपलव्ध गराउँदै आएको छ । यस्तै नगरपालिकाभित्र समय–समयमा सुविधासम्पन्न स्वास्थ्य शिविरहरू चलाइएको छ र अस्पतालमै उपचार गराउनुपर्ने अवस्थामा पनि यहाँका स्थानियलाई सुविधासम्पन्न अस्पतालहरूको पहुँच छ ।

करिब ५२ प्रकारका औषधि उपलब्ध छन जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भइसकेको अवस्थामा नगरपालिको आन्तरिक स्रोतबाटै औषधि उपलब्ध गराइरहेका छौँ । सुगर, प्रेसरलगायत विभिन्न रोगका औषधि उपलब्ध छन् । नगरपालिकाले समय–समयमा स्त्रीरोगसम्बन्धी विभिन्न स्वास्थ्य शिविरसमेत सञ्चालन गरिरहेको छ । पटक–पटक गरी नगरपालिकाका वडाहरूमा हालसम्म १०–१२ वटा स्वास्थ्य शिविर सञ्चालन गरिसकिएको छ । अन्य नगरपालिकाका स्वास्थ्यसंस्थाहरूमा औषधि अभाव भएका समाचारहरू आउने गरे पनि लुभु पिएसीमा भने पर्याप्त मात्रामा औषधि उपलब्ध रहेको छ । नगरपालिकाले सामान्य चेकजाँचको सुविधा स्थानीयस्तरमै उपलब्ध गराएकाले त्यसका निम्ति अस्पताल नै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीयस्तरमै स्वास्थ्यपरीक्षण सेवासँगै नगरपालिकाले कमन रोगका औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

महालक्ष्मी नगरपालिकाले शिक्षा क्षेत्रमा देखिने गरी उपलब्धि हासिल गरेको छ । कतिपय निजी विद्यालयबाट पनि विद्यार्थीहरू सामुदायिक विद्यालयतिर प्रवेश गरेका छन् । गत वर्ष कक्षा आठको परीक्षालाई एसईईस्तरमा सेन्ट्रलाइज ग¥यौं । गत वर्ष सामुदायिक विद्यालयको उतीर्ण दर ५२ प्रतिशत र निजी विद्यालयको उत्तीर्ण दर ७८ प्रतिशत रहेकोमा यो वर्ष बढेर सामुदायिक विद्यालयमा शत प्रतिशत पुगेको छ । यसक्रममा हामीले नगरपालिकामा तीनवटा प्राविधिक सामुदायिक विद्यालय भित्र्याउन सफल भयौं । सामुदयिक विद्यालयको बेलाबेलामा अनुगमन गर्ने गरेका छौ । जसले गर्दा शैक्षिक गुणस्तर वढ्दै गएको छ ।
हामीले नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी न्यायीक समिति गठन गरेका छौं । आफ्नो अधिकार क्षेत्र भित्रका मुद्दाको छिनोफनो पनि गर्दै आएका छौं । अधिकार क्षेत्र भन्दा बाहिरका मुद्दा सवंन्धित निकायमा पठाउने गरेका छौं । खासगरी घरजग्गा, बाटो भवन, पारिवारिक वेमेल जस्ता प्रकृतिका मुद्दा पर्ने गरेका छन् ।

महिलालाइ प्रमुख पद पाउन सकस

हाम्रो समाजको सोच नै पितृसत्ताबाट ग्रसित भएकाले महिलाले प्रमुख पदको लागि दावी गर्न समेत चुनौति रहेको छ । कानूनले प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेका कारण अहिले पार्टीले उपप्रमुख पद महिलाका लागि कोटाको रुपमा दिएकै छौ त भनेर उम्कीने गरेका छन् ।

कानुन नै काम नलाग्ने छ , पहिले त कानुनमै सुधार गर्नुपर्छ । संविधान र कानूनमै ३३ प्रतिशत महिला पालिका प्रमुख हुनै पर्ने व्यवस्था गरेर प्रत्येक प्रदेशका निश्चित स्थानीय तहका प्रमुखमा सबै दलले महिला महिलाविच प्रतिस्पर्धा हुनेगरी महिलालाई टिकट दिएर अभ्यास थाल्नुपर्ने भएको छ ।

महिलाको कामको मूल्यांकन गरेर दलहरूले कार्यक्षमतामा अब्बल ठहरिएका उपप्रमुख महिलालाई प्रमुखको उम्मेदवार बनाउनमा दलहरू उदार हुनुपर्छ । राजनीतिक दलहरूले उम्मेदवार छनोटका लागि आ–आफ्ना दलभित्र मापदण्ड तय गरी सर्कुलरहरू जारी गर्छन् । उम्मेदवार सिफारिस गर्दा नै सबै पदमा कम्तिमा एक महिला अनिवार्य गराउँन पहल थाल्नुपर्छ । अव महानगर,उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिका अध्यक्षमा कम्तिमा ३३ प्रतिशत उम्मेदवार सबै दलले उठाउनैपर्ने दबाब सिर्जना गर्ने हो ।

अहिले कार्यरत उपाध्यक्ष वा तथा उपमेयरहरूको मूल्यांकन गरेर जनदबाब सिर्जना गर्न सकिन्छ । यसलाई अब हरेक दलका कमिटीभित्र चलाउनुपर्ने र हरेक दलमा आबद्ध महिला संघ सँगठनको मुख्य एजेण्डा बनाउनु पर्छ ।
अहिलेका क्षमतावान् र योग्यतम् उपप्रमुखहरूलाई प्रमुखको प्रतिस्पर्धामा लगेर उनीहरूको मातहतमा पुरुषलाई उपप्रमुखको उम्मेदवार बनाएमा मात्र महिलाको अर्थपूण सहभागिता रहन्छ ।