स्थानीय चुनाव नजिकीयसंगै जनप्रतिनिधिहरु जनताको घरदैलोमा जान थालेका छन् । महिलाहरुपनि सकेसम्म प्रमुख पद नभएपनि उपप्रमुखमा बराबर हिस्सेदारी हुनुपर्ने भन्दै लविंङ गरिरहेका छन् । सूर्य विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत प्रमुखको जिम्मेवार पाएमा नगरपालिकाको जिम्मेवारी सम्हाल्न तयार भएको तर प्रमुख नै फरि पनि प्रमुखमा उठ्ने भनेपछि हस्ताक्षेप तर्न नमिल्ने वताउनुहुन्छ ।
अहिले नगरपालिका तथा गाउँपालिकामा महिलाहरु उप्रमुख पदमा छन् । प्रमुखमा रहेकाहरुले फेरि पनि सोही पद ताकेपछि महिला फेरि पछि हट्नुपर्ने दवावमा परेका छन् । स्थानीय तहको काममा पैसा खर्च गर्ने अधिकार प्रमुखमा भएका कारण जनताले पनि सबै काम प्रमुखले नै गरेको भन्ने बुभेmको बस्नेतको अनुभव छ । स्रोत परिचालन गर्न सक्ने अधिकार नभएका पदमा मात्र महिलालाई पुर्याउँदा उनीहरूले गरेका कामले जस नपाएको जुना बताउनुहुन्छ ।
जती नै इमान्दारीपूर्वक काम गरेपनि महिला भएकै कारण राजनीतिकरुपमा जालझेल गर्ने, जिम्मेवारी नदिने, महिलालाई बोलाइएको ठाउँमा पनि आफैं जाने, महिलाले राखेको प्रस्तावलाई वेवास्ता गर्ने तथा जसरी पनि महिलालाई अयोग्य प्रमाणित गर्ने खेल स्थानीय तहमा शुरु भइसकेको जुनाको वुझाइ छ । यसतर्फ राजनीतिक दलका महिला नेतृत्व, नागरिक समाज, अधिकारकर्मी एवं स्वयं ती महिला जनप्रतिनिधि चनाखो हुनु जरुरी भएको भन्दै वस्नेत पार्टीले प्रमुख पदमा महिलालाई नल्याएसम्म महिलाले जती नै राम्रा काम गरेपनि जस नपाउने बताउनुहुन्छ।
पार्टीले पनि कानुन अनुरुप महिलालाई स्थान दिएकै त छ नि भनेर उम्कने अवस्था रहेकोले महिलालाई नेत्तृवमा ल्याउन अझै संघर्ष गुर्नपर्ने उहाँ बताउनुहुन्छ। कानुनले प्रमुख वा उपप्रमुख पदमा ३३ प्रतिशत छुट्याएको कारण महिलाले सधैं उप मै चित्त बुझाउनुपर्ने उहाँको चिन्ता छ । उहाँ भन्नुहुन्छ ‘कानुनमै फस्ट म्यान पदमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था नल्याएसम्म महिलाले प्रमुख पद पाउन सग्दैनन्।’
न्यायिक समितिको संयोजकका हिसाबमा धेरै पालिकाका उपप्रमुखले अदालतसम्म पुग्ने थुप्रै मुद्दाहरू मेलमिलाप गरेर पठाएका छन् । उपप्रमुख वस्नेत भक्तपुरका धेरै गाउँठाउँमा पुगेरै धेरै न्यायिक समस्या निरुपण गरेको बताउनुहुन्छ। न्यायिक समस्यामा जनताको मन जित्न सफल आफूजस्तै अरु महिलामा पनि न्यायिक विषय सँगसँगै विकास निर्माणको अनुमगन गर्नसक्ने क्षमता रहेकोले महिलले पालिका हाँक्न सक्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
हालसम्म नगपालिकाले गरेका प्रगतीबारे उहाँले यसरी प्रकाश पार्नुभयो ः
यस नगरपालिकाले आफ्नो घोषणपत्र बमोजिम नीति निर्माण गरी निश्चित विधि र प्रकृयामा रहेर विकास निर्माणका काम अघि बढाइरहेको छ । सबै टोल वस्ती समेटेर टुक्रे योजना बनाइ तिनको कार्यान्वयन गरिएको छ ।
बाटोघाटो बनाउने , खानेपानी आयोजना सञ्चालन गर्ने लगायतका पूर्वाधर विकासमा जोड दिएको छ । छौँ हनुमन्ते करिडोर निर्माणका काम भैरहेको छ । यो काम केन्द्रीय सरकार र प्रदेश सरकार र स्थानीय सरकार मिलेर गरिएको हो । शिक्षा, स्वास्थ्य महिला विकास तथा रोजगारको क्षेत्रमा पनि विभिन्न योजना अघि सारेर सो अनुरुपका कार्यक्रम गरिएको छ । सबै कार्यक्रम बजेटमा समेटिएका छन् । नगरको समग्र विकास र प्रशासनिक संयन्त्र प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्ने र आर्थिक सामाजिक रूपान्तरण गर्ने योजना छ, त्यसैअनुसार नाराहरू तय भएका छन ।
समुदायीक विद्यालयको क्षेत्रमा नगरपालिकाले विगतमा जस्तो प्रगति हासिल गर्न सकिको छैन । यहाँका समुदायीक विद्यालय पहिले भन्दा केही खस्केका छन् । कर्मचारी समायोजन भएपछि कर्मचारी कतिपय ठाउँमा कर्मचारीको अभाव छ भने कहीँ कर्मचारीको फेरबदल भैरहदा दैनिक काममा ढिलासुस्ती भएको छ, जसको कारण सामुदायीक विद्यालयको नियमित अनुगमन र गुणस्तर सुधारका लागि आवस्यक काम नियमित हुन सकेका छैनन् ।
नगरपालिकाको महिला शाखा महिला हिंसा अन्त्य गर्न र महिला सशक्तिकरण गर्न शसत्त रुपले लागिरहेको छ । स्थानिय महिलालाई आत्मनिर्भर बनाउको लागि सिपमूलक तलिम दिने, महिला हिंसा विरुद्ध सचेतनाका कार्यक्रम ल्याउने लगायतका कार्य भैरहेको छ । उहाँका अनुसार सूर्यविनायक नगरपालिकाका हरेक काम पारदर्शी र नियम सम्मत भएका छन् । अर्थिक अनियमितिता र चुहावट हुन नदिन हर सम्भव प्रयास गरिएको छ ।
सूर्यविनायक नगरपालिकाले सबैले भन्दा पहिले न्यायीक समिति गठन गरेर आवस्यक नीति, नियम कार्यविधी तय गरी सो अनुरुपका काम गरिरहेको छ । न्यायीक समितिले नगरक्षेत्रभित्रका गुनासोको छिनोफनो गर्ने देखि मुद्दा मामिलाको तहकिकात सम्मका काम गर्दै आएको छ ।
प्रतिक्रिया