कोरोना संक्रमित घटे, कोरोनाविरुद्धको पूर्ण खोप लगाउने बढे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ / पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ६०७ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ३७४ एन्टिजेन परीक्षण गरिएकोमा ७७ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ११ लाख १७ हजार ७४१ जना पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १८९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ६० हजार ६८६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ जना रहेको छ ।

थप १ लाख २६ हजार १९६ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० जना पुगेको मन्त्रालयले जनाएको छ ।