सुनको भाउमा नयाँ किर्तिमान, हालसम्मकै महंगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार रुस युक्रेन युद्धको असरले विश्व वजार संगै नेपाली बजारमा पनि सुनको भाउ आकासिएको हो । आज सुन प्रतितोला २५ सय रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।

एकै दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको भाउ यसअघि, गत वर्ष २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुन फेरी बढेर १ लाख ५ हजारभन्दा बढी पुगेको हो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो ।