नारी हो अवला भनेर अपमान गर्ने र गाँस काटिने ।
विश्वासै नहुने र मान नदिने बोल्ने, कुरा छाँटिने ।।
यै हो लिङ्ग विभेद भन्नु जसले बुझ्दैन आधा भनी ।।
हारेको यदि ठानियो अव भने उभ्भिन्छु बाधा बनी ।।
आफ्नै त्याग र प्रेम पोषण गरी मेट्नु छ तृष्णा जति ।
बत्तिमा पुतली सरी बहकिदै आफै जलेका कति ।।
अत्याचार गरी दबाइरहने सीता र राधा भनी ।
भोग्य झैं यदि हेरियो जब भने रोक्ने छु बाधा बनी ।।
हामी छौं ममतामयी सहृदयी हाम्रो छ आफ्नैपना ।
नारी नै जननी र शक्ति घरका काली र वीरङ्गना ।।
स्वर्गै झैं घर यो बनाउन भनी खट्ने इराधा पनि ।
विथोल्ने यदि दुष्प्रयास हुन गो उत्रन्छु बाधा बनी ।।
हीराका गहना र पाषणहरु ठान्छु म उस्तै भनी ।
आफ्नै पौरखको छ गुन्द्रुक ढिडो खान्छु म निस्तै पनि ।।
भारी दौलतको र चाकर विना बाँच्नेछु साधा अनि ।
मर्दाङ्गी यदि निर्दयी जब भयो जाग्नेछु बाधा बनी ।।
प्रतिक्रिया