फागुन १९,पर्सा । नेपाली काँग्रेसको पर्सा जिल्लाको जिल्ला कमिटीको निर्वाचन सुरु भएको छ । इच्छाईएको व्यक्तीले मत दिने सम्बन्धी सहमती नमिलेर ढिलो भएको चुनाव सुरु भएको हो ।
नेपाली काँग्रेस पर्साको चौधौ महाधिवेशन २०७८ मा जिल्लाका दुई प्रसिद्ध नेताहरुले सभापतिमा उम्मेदवारी दिएका हुन । सभापतिका उम्मेदवारद्व्य जनार्दन सिंह क्षेत्री र श्याम पटेल बिच कडा प्रतिस्पर्धा रहेको काँग्रेस कार्यकर्ताहरुले बताउने गरेका छन ।
वीरगंज स्थित बालमन्दिरमा निर्वाचन सुरु भएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताउनु भयो । निर्वाचन सम्बन्धी आंचारसहिंता तयार गर्न ढिलो भएकोले निर्धारित समयमा मतदान सुरु गर्न नसकेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया