श्रमजीवी पत्रकारको तलव २५ प्रतिशतले बढाउन सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको तलव बढाउन सिफारिस गरेको छ । समितिले पत्रकारको आधारभूत तलव २५ प्रतिशतले वृद्धि गर्न बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समक्ष सिफारिस गरेको हो ।

समितिले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवीको तलव २५ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो ।

प्रतिवेदन पेश गर्दै समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवीहरुको आधारभूत आवश्यकता, बजारको अवस्था, मौद्रिकमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजिवीहरुको आधारमा २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताए । उनले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरिएको बताउनुभयो ।

यसैगरी ऐन, नियमावली कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानलाई राज्यले दिने सेवा सुविधामा रोक लगाउन, छुट्टै प्रेस रजिष्टारको व्यवस्था गर्न, प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावली अनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी÷कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सिफारिस गरिएको छ ।