काठमाडौँ / फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथा सञ्चारमन्त्री अर्थात सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले एमसीसी नेपालमा ल्याउन तथा अनुमोदन गर्न भूमिका निर्वाह गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ ।
मिलेनियम च्यालेन्ज कम्प्याक् (एमसीसी)लाई फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धमा आबद्ध राजनीतिक दलहरू, सभामुखलगायत सम्पूर्ण बुद्धिजीवी, उद्योगी, व्यवसायी र आम नागरिकलाई सरकारले धन्यवाद ज्ञापन गरेको हो ।
त्यस्तै, सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्र राष्ट्रहरू भारत एवं चीन लगायत कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनसमेत सरकारले प्रतिबद्धता जनाएको छ ।
नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरू, दातृ निकाय, क्षेत्री एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूप्रति सरकारले धन्यवाद ज्ञापन गरेको छ ।
विस्तृतमा हेर्नुस्
प्रतिक्रिया