प्रतिनिधि सभा भवन अगाडी, प्रेसर कुकर बम फेला, डिस्पोज गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ  / नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवन वरपर अहिले एमसिसी अनुमोदनका विरोधमा प्रदर्शन भैरहेको छ । यसबिच भवनको पश्चिम गेटनजिक कुकर बम फेला परेको छ ।

प्रहरीले सोमबार ११ बजे सो स्थानमा शंकास्पद वस्तु फेला परेको र सो वस्तु प्रेसर कुकर बम हुनसक्ने जनाएको छ । सो बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ।

उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली बोलाइएको वताइएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित भएको विरोधमा विभिन्न राजनीतिक पार्टीले आह्वान गरेको बन्दका क्रममा सो वस्तु फेला परेको हो।