काठमाडौ / संसदले हिजो राती मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेको विरोधमा विभिन्न समुहले आज बन्द आाह्वान गरेका छन् । ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका हुन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।
बन्दकर्ताले विभिन्न ठाउँमा अवरोध तथा तोडफेड गरेका छन् । प्रहरीका अनुसार बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
तोडफोड नियन्त्रणको लागि सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिक्रिया