एमसिसीको व्याख्यात्मक घोषणा पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / सरकारले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ । केही बेर अघि संसद भवनमा बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा पारित गर्ने गरिएको हो ।

सरकारले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग सो घोषणा पनि पारित हुनेछ ।