सुनको मूल्य एक लाख नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

​काठमाडौ / सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार तोलामा ९६ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २५०० ले बढेर ९९ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २५०० ले बढेर ९८ हजार ५०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९६ हजारमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ३५५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार ३२० मा कारोवार भएको थियो ।