​सुनको मूल्य बढ्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९६ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले बढेर ९७ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले बढेर ९६ हजार ५०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९५ हजार ७०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३१५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि सोमबार चाँदी रु एक हजार ३०० मा कारोवार भएको थियो ।