दैनिक संक्रमण एक सयबाट तल ओर्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दैनिक दर एक सय जनाबाट घटन थालेको छ । स्वास्थ्य मन्त्रालयबाट प्रकशित पछिल्लो तथ्यांक काअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौँमा सर्वाधिक ७७, ललितपुरमा ११ र सवैभन्दा कम भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्। यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि तथ्यांकमा उल्लेख छ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९२५ पुगेको छ।

सोमबार १ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन भने हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ। देश भरका प्रयोगशालामा गरी गत २४ घन्टामा कुल ५ हजार २२५ पीसीआर तथा २ हजार ९१५ एन्टिजेन विधिबाट कोभिड परीक्षण भएको थियो।