४३७ जनामा संक्रमण, २ हजार ४५४ जनालाई निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण देखिएको छ । ९ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २ हजार ४५४ जनाले कोरोनालाई जितेका छन् । त्यस्तै आज थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको छ । अहिले देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।