सुनको भाउ बढ्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९६ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ४०० ले बढेर ९६ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ४०० ले बढेर ९६ हजारमा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९५ हजार ६०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार ३०५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार २९५ मा कारोवार भएको थियो ।