काठमाडौँ / आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
महासंघले बुधबार ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार ९६ हजार एक सय रुपैयाँमा कारोबार हुने जनाएको छ । त्यस्तै, ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९५ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया