स्थानीय निर्वाचनको लागि दल दर्ता खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ  / निर्वाचन आयोगले आयोगले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ताको आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वताएका छन् ।

दल दर्ताको लागि फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ ।