कोरोना अपडेटः ६३९ जनामा संक्रमण १६०० जना निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

९ हजार ७५६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ७८२ जनाको पीसीआर र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ५४८ र एन्टिजेन परीक्षणबाट १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ हजार ६०० जनाले कोरोनालाई जितेका छन् । त्यस्तै आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ । अहिले देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित छन्।