संसद बैठकमा एमालेको नाराबाजी, एमसीसी टेवुल भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं / एमालेको अवरोधका कारण करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका थिए तर, बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
त्यस्तै बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

अवरोधका विच पाँच मिनेट चलेको बैठकले पाँच जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।