१२ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।