कांग्रेस संसदीय दलको बैठक जारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल चलिरहेको छ ।

कांग्रेसले आफ्ना सांसदहरुलाई अमेरिकी सहयोग सम्बन्धि सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कुने पनि भ्रम नराख्न आग्रह गरेको छ।

सांसद नरहेका कांग्रेस नेता डा रामशरण महतले एमसीसीबारे बैठकमा ब्रिफिङ गरेका थिए भने बैठकमा बोल्ने अन्य नेताले एमसीसीबारे नागरिकलाई स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालै एमसीसी संसदबाट पास गर्ने पक्षमा रहेका छन्।