काठमाडौँ / मौसम विभागका अनुसार हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्का हिमपात हुने विभागको पूर्वानुमान छ ।
प्रतिक्रिया