काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । यो दिन नेपाली बजारमा सुनचाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार हुने जनाइएको छ ।
महासंघले सार्वजनिक गरेको सूचनाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ तोकिएको छ । हिजो आइतबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको थियो ।
प्रतिक्रिया