सभामुखले डाकेको सर्बदलिय बैठकमा एमाले सहभागी नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ  / प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सभामुख अग्नि सापकोटाले आज सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमासहभागी नहुने भएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको सर्वदलीय बैठकमा एमालेले सहभागी नहुने निर्णय गरेको छ ।

सभामुख अग्नि सापकोटाले सोमबार दुई बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेका छन्।

समसामियक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

एमालेले सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै लामो समयदेखि संसद अवरूद्ध गर्दै आएको छ।

सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ।

यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित थियो ।