प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ।

राणा विरुद्ध मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेको छ । प्रधानन्यायाधीश राणाले गर्दै आएका गतिविधिको चर्को आलोचना भैरहेको भने न्याय क्षेत्रभित्रैबाट उनी विरुद्ध आन्दोलन भइरहेको छ।

संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा पर्ने छन् ।

आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको वताइएको छ । सो महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेका छन् ।

महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन्।

सर्वोच्चका न्यायाधीशहरूले समेत केह िसमय अघि राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए।

नेपाल बार एसोसिएसनले पनि उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ।