काठमाडौ उपत्यका पछि यी जिल्लामा धेरै देखियो संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ / पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा सबैभन्दा धेरैलाई कोरेना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै उपत्यकापछि सबैभन्दा धेरै २३२, मोरङमा २१२, कैलालीमा १४७, सुनसरीमा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै झापामा ८६, बाँकीमा ७३, रुपन्देहीमा ६८, काभ्रेपलाञ्चोकमा ६५, चितवनमा ६३ र बागलुङमा ५४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पर्वतमा ४४, कञ्चनपुरमा ४१, सिरहामा ३८, नुवाकोटमा ३५, मकवानपुरमा ३४, दाङमा ३३, तनहुँमा ३०, सर्लाहीमा २८‍, पाल्पामा २५, उदयपुरमा २४, स्याङ्जामा २३ तथा रसुवा र गोरखामा २२ २२ जना कोरोना संक्रमित थपिएका छन् ।