हालसम्म १० लाख ६८ हजार ९३२ लाई लाग्यो कोरोना, कतिले गुमाए ज्यान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं  / पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

यसैगरीप आज एकैदिन थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ छ ।

सो अवधिमा १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस कोभिड(१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ ।

यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।