सुनको भाउ घट्यो, कति छ आज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ  /  सुनको भाउ आज पनि घटेको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।