काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराइका केही भूभागमा हुस्सु कुहिरो लागेको छ।
प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी भूभागका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १४ गते (शुक्रबार)
दिउँसोः प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ तथा बाग्मती प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
रातीः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
माघ १५ गते (शनिबार)
दिउँसोः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
माघ १६ गते (आइतबार)
दिउँसोः प्रदेश नं १ बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।
रातीः प्रदेश नं १. बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी भूभागहरुमा आंशिक बदली रहनेछ ।
प्रतिक्रिया