काठमाडौ/ जनगणनामा 2078 मा लिपुलेक र लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा
नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको जनसंख्याको पनि समेटिएको विभागले जनाएको छ।
भारतको नियन्त्रणमा रहेको सो भूमिमा प्रत्यक्ष रूपमा गणकहरू पुग्न नसके पनि अप्रत्यक्ष विधि प्रयोग गरेर जनगणना गरिएको विभागले जनाएको छ।
विभागका अनुसार लिपुलेक, लिम्पियाधुराको जनसंख्या भने अन्तिम परिणाममा समावेश हुनेछ। २०७७ जेठमा नेपालले लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्सा जारी भएपछि गरिएको पहिलो जनगणनामा लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समावेश गरिएको हो।
प्रतिक्रिया